जम्मा भएको रकम सहयोग

शेयेर गर्नुहोस


टीकापुर २१ भदौ /
सिर्जनशील युवा समाज नेपाल टीकापुरले श्रीकृष्ण जन्माष्टमिको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमको मट्का टीकापुर नगरपालिका वडा नं. ६ का रामजीवन चौधरीले फुटाएका छन् ।
१९ गते गुडिमुन्टे गाइजात्रा सहितको श्रीकृष्ण जन्माष्टमी सहितको विषेश कार्यक्रम आयोजना गरेको उक्त कार्यक्रममा सो दिन नियमानुसार कसैले भुइँको मट्का फुटाउन नसक्दा दोस्रो दिन शनिबार चौधरीले फुटाएका हुन । मट्का फुटाउन सफल चौधरी लाई तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
मट्का फुटाउने खेलमा ३५ जनाको सहभागिता रहेको थियो । सहभागिता जनाएवापत एक सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको थियो । त्यसरी संकलन भएको रकम भोटेकोशी बाढीका कारण बाजुराको स्वामी कार्तिक गाउँपालिकाका एउटै परिवारका तीनजना मणिरीशी सञ्ज्याल श्रीमती मनकला सञ्ज्याल र सुस्मिता जैशी सम्पर्क बिहिन भएका परिवारलाई सहयोग गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ जोतीनगर अस्थायी रुपमा भाडामा बसोबास गर्दै आएका संज्यालको परिवारका दुई छोरी दुई छोरा बस्दै आएका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको उनीहरूलाई आवश्यक सामाग्री खरिद गर्न भन्दै दर्ता शुल्क बापतको तीन हजार पाँच सय ४५ रुपैयाँ र दुई जना गुडिमुन्टे समुहका सदस्यले उपलब्ध गराएको एक हजार र मट्का फुटाएर पुरस्कार जितेका चौधरीले सहयोगको लागि फिर्ता गरेको तीन हजार सहित ७ हजार पाँच सय ४५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
पुरस्कार बिजेता चौधरीले त्यो पुरस्कार भन्दा ठुलो कुरा अप्ठ्यारोमा परेको नागरिकलाई सहयोग गर्नु भएको बताएका छन् । “मैले जितेको पुरस्कार प्रमाणपत्र हो । त्यो मसँग सधैंभरी रहने छ ।” उनले भने, “पैसा त आज हुन्छ भोलि खर्च हुन्छ भने जति भए पनि पुग्दैन । त्यो भन्दा थोरै भए पनि अप्ठ्यारोमा परेकोलाई सहयोग गर्दा उसलाई ठुलो सहयोग हुनसक्छ ।”
आर्थिक सहयोग हस्तान्तरण गर्दै कार्यक्रमका संयोजक राजेन्द्र विश्वकर्माले समुहले अप्ठ्यारोमा परेका परिवारलाई विगतदेखि नै सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि अप्ठ्यारोमा परेका नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामीले निस्वार्थ रुपमा सहयोग गर्दै आएका छौँ । यसपटक पनि मट्का फुटाउने कार्यक्रमबाट संकलन भएको रकम आवश्यक परेको परिवारलाई सहयोग गरेका हौ ।” उनले भने, “आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता राख्ने छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *