विकास र सुशासनका लागि काम गर्ने बास्तोलाको प्रतिबद्धता

शेयेर गर्नुहोस

टीकापुर १८ भदौ

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले पालिकाको विकास, सुशासन र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताएकी छन् ।
 टीकापुरस्थित सञ्चारकर्मीहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा प्रशासकीय अधिकृत बास्तोलाले सो कुरा बताएकी हुन् ।  दुई साताअघि सरुवा भएर नगरपालिकामा आएकी बास्तोलाले कानुनतः नगरबासीको हित, विकास, सुशासन, समृद्धि र पारदर्शिता नै आफ्‌नो प्रमुख उद्देश्य रहेको बताइन् । 
“मन्त्रालयले सरुवा गरेपछि म यहाँ हाजिर भएको हुँ । मैले यस् क्षेत्रको विकास, समृद्धि र सुशासनका लागि कटिबद्ध भएर काम गर्नेछु ।” प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले भनिन् “तर कानुन भन्दा बाहिर जाने छुट मलाई पनि छैन ।”
उनले सञ्चारकर्मीसँग छलफल गर्दै पालिकाले गरिरहेका काम, कारवाहीहरु सहज रुपमा नागरिकसम्म पुर्याई दिन आग्रह समेत गरेकी छन् । उनले कतिपय राम्रा कामहरु पनि भएको बताउँदै ती जनतासम्म पुग्न नसकेका सुचनालाई नगरबासीसम्म सहज रुपमा जाउन् भन्ने अपेक्षा गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *