अध्यक्ष भण्डारीको पदस्थापन

शेयेर गर्नुहोस


टीकापुर २१ चैत/
टीकापुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष रामबहादुर भण्डारीले शुक्रबार पदस्थापन गरेका छन् ।
सुदुराश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनयन गरेपछि दुई वर्षका लागि उनले पदस्थापन गरेका हुन । पदस्थापन गर्दै अध्यक्ष भण्डारीले अस्पताल भित्रका हरेक समस्यालाई समाधान गर्न रातदिन नभनेर काम गर्ने बताएका छन् । उनले पदस्थापन गर्दै गर्दा समाजप्रतिको जिम्मेवारी थप भएको महसुस भएको उल्लेख गर्दै त्यो दायित्वलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सामुहिक रुपमा समाधान गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।” उनले भने, “त्यसमा म रातदिन नभनेर काम गर्ने छु ।”
सुदुरपश्चिम प्रदेशको अस्पताल व्यवस्थापन समिति (गठन) आदेश, २०७५ को दफा ४ को उपदफा १ को खण्ड (क) को उपखण्ड (१) मा भएको व्यवस्था बमोजिम माननीय (मन्त्रिस्तर) को मिति २०८२ चैत १२ गतेको निर्णयानुसार टीकापुर अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष भण्डारीलाई मनोनीत गरेको गरेको थियो । गत चैतमा निवर्तमान अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारीको कार्यकाल सकिएपछि एक वर्ष अस्पताल नेतृत्व बिहिन रहेको थियो ।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *