अर्थमन्त्रि वोहरा स्थलगत निरक्षणको लागि राहत सहित अछाम

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०५ भाद्र /
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा सहीतकाे टाेली राहत र निरीक्षणका लागि बाढीग्रस्त क्षेत्र अछामको रामारोशन आउने भएको छ ।
अर्थमन्त्री बोहरा सहितको टोली बाढीग्रस्त क्षत्र रामारोशन लगायत अन्य क्षत्रको भोली अछाम पुरेर स्थलगत निरीक्षण गर्ने पंकज शाहले जानकारी दिएका छन। बाढी प्रभावित क्षत्रमा पुगेर मृतककमा परिवार लाई आर्थिक सहयोग, त्याँहाको बारेमा जानकारी लीन, पडितहरु लाई राहत वितरण गर्न र घाईतेहरु लाईको अवस्था बुझ्नको लागी मन्त्री बोहराको टोली अछाम आउन लागेको बताईएको छ । प्रदेश सरकारले प्राकृतिक बिपत्तिबाट ज्यान गुमाउनेको परिवार लाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ, भने घाईतेहरु निशुल्क उपचार गरिने निर्णय गरेको छ ।
साथै उहाँले बाढीले बगाएका खेतहरु पनि निरक्षण गर्नुका साथै किसानहरु लाई प्रदेश सरकार मार्फत उपलब्ध गराउने बताउनुभएको छ

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *