शेयेर गर्नुहोस
टीकापुर २७ भदौ/
टीकापुर नगरपालिका वडा नं.४ अस्नेहरी स्थित आइएमई स्कुलले तिज नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
हिन्दु महिलाहरूको महान पर्वको रुपमा मनाउँदै आएको तिजको पुर्व सन्ध्यामा स्कुलले बिधालयका विद्यार्थीलाई लक्षित गर्दै तिज प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कक्षा १ देखि ३ सम्ममा हिमानी शाही र दिक्षिका शाही प्रथम भएका छन् । उनीहरूले दुई हजार नगद पुरस्कार समेत पाएका छन् । भावना विक, सरस्वती बोहरा, समृद्धि रावल र रिहाना चन्द दोस्रो भएका छन् । उनीहरूको समुहले एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा तृतीय भएर एक हजार नगर पुरस्कार रिहान्सी कार्कीले प्राप्त गरेकी छन् भने शान्त्वना भएकी संस्कारिका शाहले पाँच सय प्राप्त गरेकी छन् । त्यसैगरी कक्षा ४ देखि १० कक्षासम्मको सहभागितामा आश्मा चौधरी, परिधी चौधरी, कृष्टी चौधरी र सारिका चौधरीको समूह प्रथम भएको छ । दोस्रो स्थान इच्छा शाहीले प्राप्त गर्दा तृतीय स्थान महिमा साउँदले हासिल गएकी छन् । प्रतियोगितामा आयशा रावल, सुस्मिता बोहरा, अक्सिया विक र अनिसा आउजीको समुह शान्त्वना भएको सहप्रीन्सिपल कमलबहादुर शाहीले जानकारी दिएका छन् ।
बिधालयका प्रीन्सिपल रमेशबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व सेनानी तथा रामारोशन विकास समितिका सचीव नवलसिंह रोकाया रहेका थिए भने विशिष्ट अतिथिमा बिधालय व्यवस्थापन समिति अध्यक्ष जानकी कुमारी चौधरी र सहप्रीन्सिपल शाही रहेका थिए । शिक्षक पवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका अस्मिता चौधरीले गरेकी थिइन ।










