काँग्रेसको नगर सभापतिमा तिमिल्सिना चयन

शेयेर गर्नुहोस


टीकापुर ०७ असोज /
नेपाली काँग्रेस टीकापुर नगर कार्यसमितिको सभापतिमा झनकराज तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन ।
पार्टीको १५ औं महाधिवेशन अन्तर्गत बुधबार भएको नगर कार्यसमितिको अधिवेशनले तिमिल्सिनाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको छ ।  नगर कार्यसमितिको उपसभापति महिलामा मालतीदेवी साउँद, उपसभापतिमा लालकेश उपाध्याय, सचिवमा दिपकराज खनाल र सहसचिवमा मिठ्ठु बहादुर बोहरा चयन भएका छन । 
कार्यसमितिको सदस्यहरुमा वडा नं. १ बाट महिलामा टीकादेवी स्वाँर र खुलामा विश्वमान स्वाँर, वडा नं. २ बाट महिलामा पार्वती धामी र खुलामा पवन थारु, वडा नं. ३ बाट महिलामा राधा थारु र खुलामा मष्टीप्रसाद जैशी, वडा नं. ४ बाट महिलामा रेणुकुमारी चौधरी र खुलामा विनोदकुमार भुजेल चयन भएका छन । 
सदस्यमै वडा नं. ५ बाट महिलामा कञ्चनकुमारी विक र खुलामा कटक रावल, वडा नं. ६ बाट महिलामा योग्यश्वरी खनाल र खुलामा नृपबहादुर शाह, वडा नं. ७ बाट महिलामा जानकी ठकुल्ला र खुलामा फूलराम चौधरी, वडा नं. ८ बाट महिलामा निर्मला साउँद र खुलामा टीकाराम चौधरी र वडा नं. ९ बाट महिलामा जयश्वरी थापा र खुलामा बुदिलाल चौधरी निर्विरोध भएका छन । 
नगर कार्यसमितिको आरक्षण तर्फ युवामा महिलामा संजिता ढुंगाना र खुलामा जनक चौधरी, दलितमा महिलामा तुलसी सुनार र खुलामा रमेश विक चयन भएका छन । 
अधिवेशनले जिल्ला प्रतिनिधिका लागि महिलामा चाँदनीकुमारी जोशी खनाल र खुलामा सुरतबहादुर रावललाई सिफारिस गरेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *