शेयेर गर्नुहोस
टीकापुर २७ माघ /
टीकापुरमा फागुन ४ गतेदेखि माध्यामिक विद्यालय स्तरीय टी–१० क्रिकेट प्रतियोगिता हुने, प्रथम हुनेलाई ५१ हजार पुरस्कार पाउने
टीकापुरमा जिल्ला स्तरीय माध्यामिक विद्यालय स्तरीय टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा फागुन ४ गतेदेखि प्रतियोगिता हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । क्रीकेटको क्रेज बढ्दै गएको समयमा स्वतन्त्र विद्यार्थी युनियनले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति किरण साउँदले जानकारी दिएका छन् ।ले
प्रतियोगितामा जिल्ला भरीका माध्यामिक तह कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन चाहने विद्यालयको टीमले फागुन ३ गतेसम्म आफ्नो टीमलाई टीकापुर बहुमुखी क्याम्पसमा पुगेर दर्ता गरीसक्नु पर्नेछ । क्रिकेट टीम दर्ताका लागि ५ हजार शुल्क लाग्ने छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई ५१ हजार र द्धितिय हुने टीमलाई ३१ हजार रुपैया पुरस्कार प्रदान गरीने छ । म्यान अफ द टुर्नामेन्टलाई ५ हजार, वेष्ट ब्याट्सम्यान र बलरलाई ३/३ हजार नगद र प्रमाण प्रदान गरिने आयोजकले जनाएको छ ।
म्यान अफ द टुर्नामेन्ट, वेष्ट ब्याट्स म्यान र बलरले यदि टीकापुर बहुमुखी क्याम्पसमा पढ्न चाहेको खण्डमा म्यान अफ द टुर्नामेन्टलाई एक वर्ष र वेष्ट ब्यमाट्सम्यान र बलरलाई ६/६ महिनाको मासिक शुल्कमा छुन दिइने पनि स्ववियु सभापति साउँदले जानकारी दिएका छन् ।
टीकापुर बहुमुखी क्याम्पसमा स्ववियुले प्रत्येक वर्ष प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । त्यसैको निरन्तरताका रुपमा यस वर्ष पनि यो प्रतियोगिता आयोजना गर्न लागिएको सभापति साउँदले बताए । पत्रकार सम्मेलनमा सहभागि टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्रबहादुर रावलले समाजसँग जोडिनका लागि टीकापुर बहुमुखी क्याम्पसले क्याम्पसमा गठन भएका विभिन्न कमिटीको आयोजनामा यस्ता कार्यक्रमहरु गर्दै आएको बताएका छन् ।
क्याम्पस प्रमुख रावलले यस अघि पनि विभिन्न कार्यक्रमहरु भएका र यो प्रतियोगिता पनि एउटा कार्यक्रमको श्रृखला भएकाले सहभागिताका लागि सबैलाई अनुरोध गर्दै यसबाट खेलाडीहरुले लाभ लिन सक्ने बताए ।










