शेयेर गर्नुहोस
टीकापुर ३१ साउन /
थारु अष्टिम्की लोकचित्रकला कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
जानकी गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा थारु अष्टिम्की लोकचित्रकला कार्यशाला कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गणेश चौधरीले गाउँपालिकालाई थारु लोककला हब बनाउन थारू अष्टिम्की चित्रकला कार्यक्रमले सहयाेग पुग्ने बताएका छन् ।
उनले थारु समुदायको कलात्मक वस्तुको खोजी गरी संस्कार, संस्कृतिको जगेर्ना गर्न आगामी दिनमा प्रयाेग गर्ने वस्तुमा प्रिन्ट गरेर व्यावसायिकता दिन आग्रह गरेका छन् । यसले संस्कार र संस्कृतिको जगेर्नासँगै व्यावसायिक बन्नमा समेत सहयोग पुग्ने उनले बताए ।
समापन कार्यक्रममा उपाध्यक्ष लालमति कठरिया, वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरी, कार्यपालिका सदस्य लक्ष्मी चौधरी, बडघर दिनेश थारु, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रदीप अधिकारी, प्रशिक्षक मिठ्ठु थारु लगाएतले मन्तव्य राखेका थिए । गाउँपालिकाको विपद शाखा प्रमुख नेत्रप्रसाद न्याैपानेले सञ्चालन गरेको थारु अष्टिम्की चित्रकला कार्यक्रममा विद्यार्थी सहित ३२ जना सहभागि रहेका थिए ।