थोमस वर्गीसलाई सम्मान

शेयेर गर्नुहोस


टीकापुर २८ पुस/
टीकापुरमा शिक्षाको विकासमा सहयोग पुगाउने थोमस वर्गीसलाई सम्मान गरिएको छ ।
आइतबार ९५ वर्षिय वर्गीसलाई टीकापुरका विभिन्न संघसंस्था तथा विद्यालयहरुले सम्मान गरेका छन् । टीकापुर ख्रिष्टिय एकता समाज, विरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालय टीकापुर, खड्ग मेमोरियल स्कुल लगाएतले उनलाई सम्मान गरेको हो ।
सन् १९७५ सालमा भारतको केरलाबाट टीकापुरमा आएर वर्गीस दम्पतिले लामो समयसम्म टीकापुरमा शिक्षाका क्षेत्रमा काम गरेका थिए । टीकापुर बसाईको क्रममा विरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालयमा लामो समयसम्म काम गरेर त्यसपछि खड्ग मेमोरीयल स्कुलको स्थापना गरेका थिए ।
वर्गीसले टीकापुरले आफ्‌नो परिवारलाई माया गरेर सम्झेकोमा धन्यवाद दिँदै आफ्‌नो दम्पतिको पहिलेदेखि नै कुनै टाढाको स्थानमा गएर काम गर्ने योजना अनुसार नेपाललाई रोजेको र त्यसै क्रममा टीकापुरमा आएर लामो समय काम गरेको बताएका छन् । साथै उनकी स्वर्गीय श्रीमती मेरी वर्गीसप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको छ । सन् १९३३ सालमा भारतको केरलामा जन्मनु भएकी मेरी वर्गीसको ९२ वर्षको उमेरमा सन् २०२५, अक्टाबर १५ तारेखमा दिल्लिमा निधन भएको थियो ।
सम्मान तथा श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले टीकापुरको शिक्षाको विकासमा वर्गीस दम्पतिले पुगाएको योगदानको चर्चा गर्दै उनको गुनलाई टीकापुरले विर्सन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *