बिधान निर्माण तथा सहजीकरण समिति गठन

शेयेर गर्नुहोस


टीकापुर २९ भदौ /
टीकापुर नगरपालिकाको नगत स्तरीय सञ्जाल गठनको लागि आवश्यक बिधान तथा कार्यविधि निर्माण तथा सहजीकरण समिती चयन गरिएको छ ।
भदौ २६ गतेदेखि टोल विकास संस्था गठन तथा परिचालनका लागि क्षमता विकास तालिम पश्चात् उक्त समिती चयन गरिएको हो । टीकापुर नगरपालिकाको समन्वय, द एशिया फाउन्डेसनको आर्थिक सहयोग तथा सहकर्मी समाजको आयोजनामा तीन दिने तालिमपश्चात् सिर्जना शर्मा पण्डितको संयोजकत्वमा नगर सञ्जालको बिधान तथा कार्यविधि निर्माण तथा सहजीकरण समिती गठन गरिएको हो ।
जसमा एक वडा एक सदस्य रहने गरी समस्य चयन भएका छन् । त्यसमा वडा नं. १ लाई चार वडा मानिएको छ । जसअनुसार बिधान मस्यौदा समितिको समस्यमा झलनाथ खनाल, सकुन्तला चौधरी, कृष्णा चौधरी, उर्मिला टमट्टा, सरिता चौधरी, सिंहराज मगर, गीता कुँवर, मनीराम चौधरी, सीता डगौरा, लक्ष्मी खत्री र संगिता चौधरी रहेका छन् । समितिले टोल विकास संस्था वडा तथा नगरस्तरिय सञ्जालको कार्यविधि तथा बिधानको मस्यौदा तयार पारेर टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने छ । नगरपालिकाले उक्त बिधान र कार्यविधि स्वीकृत गरेसँगै वडा तथा नगर स्तरीय सञ्जालले मान्यता पाउने बाटो खुल्ने छ ।
१३ हजार ८ सय ६० घरधुरी हाल टोल विकास संस्थामा आबद्ध छन् । जसमा १० हजार चार सय ४४ जना महिला छन् भने तीन हजार चार सय १७ जना पुरुष रहेका छन् । त्यसमध्ये पनि थारु घरधुरी पाँच हजार ६ सय ८७, खसआर्यका पाँच हजार ९ सय ३९, दलितका एक हजार ७ सय ५५ जनजातिका चार सय ४०, अल्पसंख्यक १९ र मधेसीको १० घरधुरी टोल विकास संस्थामा आबद्ध रहेको सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जोशीले जानकारी दिएका छन् ।
टोल विकास संस्थाले समुदायलाई एकताको सुत्रमा बाध्ने काम गर्दै आएको छ भने स्थानीय सरकारको साझेदार संस्थाको रुपमा काम गर्दै आएको छ । अझै टोल विकास संस्थालाई मजबुत र शक्तिशाली बनाउनकै लागि वडा र नगर सञ्जालको परिकल्पना गरिएको संयोजक जोशीको भनाई छ । वडाले वडा तहमा हुने कामहरू गर्ने र नगर सञ्जालले नगर स्तरीय कार्यमा सबैको समान प्रतिनिधित्व रहने गरी स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने उनको भनाई छ ।
बिधान निर्माण तथा सहजीकरण समितिकी संयोजक पण्डितले तीन दिनसम्म तालिममा भएको सिकाई, छलफल र सबैबाट आएका सुझावका आधारमा पुनः छलफल गरि प्राप्त सुझावलाई समेटेर वडा तथा नगर स्तरीय सञ्जालको विधानको मस्यौदा तयार पारिने बताएकी छन् । उनले टोल विकास संस्थालाई अझै बलियो र स्थानीय सरकारसँग प्रत्यक्ष जोड्ने प्रयास वडा तथा नगर सञ्जालले गर्ने विश्वास व्यक्त गर्दै पण्डितले परिपक्व मस्यौदा तयार पारेर नगरपालिकालाई बुझाइने बताएकी छन् । उनले तीन जना अपाङ्गता भएको एकजना, अल्पसंख्यक समुदायको एकजना र मधेसी समुदायबाट एकजना मनोनीत गर्ने व्यवस्था अनुरुप मनोनीत गरेर १२ जनाको समितिलाई १५ जनाको पुर्याइने बताइन् । तालीममा २६ जनाको सहभागिता रहेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *