शेयेर गर्नुहोस
भजनी ०६ असोज /
नेपाली कांग्रेसको १५औँ महाधिवेशन बाट भजनि नगरपालिका नगर कमिटीको सभापतिमा अनिता कुमारी चौधरी चयन भएकी छन् ।
पार्टीको बुधबार सम्पन्न नगर अधिवेशनबाट उपसभापतिमा ओम पाण्डेय महिला उपसभापतिसमिता कुमारी जैसी (भण्डारी) चयन भएका छन् । नगर सचिवमा सन्तराम चौधरी, सहसचिवमा सन्दीप खड्का चयन भएका छन् ।
त्यसैअनुसार सदस्यमा ज्ञानराज बिनाडी, अमृता देवी भण्डारी, ओम बहादुर चौधरी, लक्ष्मी प्रसाद चौधरी, जल्लावती पासी, हिरामन यादव, अर्जुन चौधरी, नवराज बुढा, र वीर सिंह कामी चयन भएका छन् ।
जिल्ला कार्यसमिति सदस्यमा मिना कुमारी बिष्ट र ध्रुव कुमार मल्ल चयन भएका छन् ।










