भुमिगत जल सिँचाइ कार्यालय टीकापुरमा

शेयेर गर्नुहोस


टीकापुर २७ साउन/
टीकापुरमा भुमिगत जल
सिँचाइ आयोजनाको कार्यालय स्थापना भएको छ ।
उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय जलस्रोत तथा सिँचाइ विभागको कार्यालय गत वर्ष भदौबाट टीकापुरमा स्थापना भएको हो । यसभन्दा पहिले महाकाली सिँचाइ आयोजना अन्तर्गत रहेको उक्त कार्यालयले कैलाली सहित चार जिल्लामा काम गर्दै आएको छ । टीकापुर कार्यालय रहेको आयोजनाले बाके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा भुमिगत जलबाट किसानहरूको खेतसम्म सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको आयोजना प्रमुख नारायण कृष्ण गणेशले जानकारी दिएका छन् ।
उनकाअनुसार सिँचाइको सहज पहुँच नभएका क्षेत्रमा किसानहरूले मागमा आधारमा भुमिगत पानीबाट सिँचाइको सुविधा पुर्याउन आयोजनाले बोरिङ मोटर सहयोग गर्दै आएको छ । “हामीले व्यक्तिगत रुपमा बोरिङ मोटर सहयोग गर्दैनौं । समूह मार्फत मागको आधारमा आयोजनाले उपलब्ध गराउने गर्छ ।” आयोजना प्रमुख गणेशले भने, “त्यसका लागि लागतको तीन प्रतिशत ट्युबवेलमा र पाँच प्रतिशत जनसहभागिता चाहिने गर्छ ।”
राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरको मातहतमा रहेको एक भवन आयोजनालाई उपलब्ध गराएपछि त्यहाँबाट सेवा प्रवाहको काम भैरहेको छ । टीकापुरबाट आयोजनाले भरखरै काम सुरु गरेका कारण धेरैलाई थाहा नभएको गणेशको भनाइ छ । “पुरानो कार्यालयमा किसानहरूले समन्वय गर्ने हुँदा त्यहाँबाट यता सम्पर्क गराउने काम भैरहेको छ ।” उनले भने, “बाँकी किसानहरुसँग बिस्तारै समन्वय र सहकार्य भैरहेको छ ।”
हाल आयोजनाको १४ वटा बोरिङ मोटर जडानको काम भैरहेको छ । जसअनुसार बाकेमा दुईवटा, बर्दियामा पाँचवटा, कैलालीको जोशीपुर र लम्किमा गरे दुईवटा, बाँकी कञ्चनपुरमा निर्माण भैरहेका छन् । एक बोरिङ मोटरले झण्डै ४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने कार्यालय प्रमुख गणेशको भनाई छ । उनले आयोजनामा किसानहरुबाट माग भएर आएका कार्यक्रमलाई प्राथामिकिकरण गरेर विभागमा पठाउने र त्यहाँबाट आयोजना छनोट भएर कार्यान्वयनमा जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *