शेयेर गर्नुहोस
टीकापुर २६ साउन /
टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज प्रभावित बन्दै गएको छ ।
कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीसँगको चरम विवादका बीच प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको साउन ७ गते सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको हो । धितालको स्थानमा ममता बास्तोलालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी संघीय सरकारले दिएर सरुवा गरे पनि उनको उपस्थिति नगरपालिकामा हुन सकेको छैन । हालसम्म धितालले नगरपालिकाबाट रमाना बुझेका छैनन् भने बास्तोलाले नगरपालिका हाजिर गर्न सकेकी छैनन् ।
नगरपालिकाका सुचना अधिकारी देवि प्रसाद आचार्यका अनुसार प्रमुख प्रशासकीय अधिकृतको रमाना तयार भएको बताउँदै २६ गते आज उनको बिदाइ हुने बताका छन् । धितालको बिदाइ पछि मात्रै बास्तोलालाई नगरपालिका आउने बाटो खुल्ने छ । साउन ७ गते नै सरुवा भएका धिराल त्यसपछिका दिनहरुमा नगरपालिकाको कामकाज नफर्किँदा महत्त्वपूर्ण प्रशासनिक कामकाज प्रभावित भैरहेको छ् । साउन ११ गते सोमबारदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन छ । टीकापुर नगरपालिका भन्दा धेरै पछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको लम्कीचुहा नगरपालिकामा भने गोकर्ण प्रसाद उपाध्याय हाजिर भैसकेका छन् । सामान्य प्रशासन मन्त्रालयले पनि सरुवा भएको कर्मचारी तीन दिन भित्र सो ठाउँमा हाजिर हुनुपर्ने भए पनि २१ दिनसम्म कार्यालय बिदा र एक हप्ता बाटो बिदा लिएर समय बेथित गर्न सकिने व्यवस्था रहँदै आएको छ ।
कार्यवाहक नगर प्रमुखको विवादले तीन महिनादेखि थलिएको टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा जान सकेको छैन । विवासका बीचबाट विनियोजन भएको बजेट समयमा कार्यान्वयनमा आउन सक्ने सम्भावना निकै कम छ भने बजेट कार्यान्वयनको पाटो विगतका वर्षहरुमा जस्तै हुने सम्भावना बढ्दै गएको छ ।









