लिटिल स्टेपले गर्यो बाढी प्रभावितलाई सहयोग

शेयेर गर्नुहोस


टीकापुर २२ भदौ /
टीकापुर स्थित लिटिल स्टेप डे केयर एण्ड स्कुलमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण प्रभावित भएकाहरुलाई राहत स्वरुप आर्थिक सहयोग गरेका छन् ।
बिधालय, कार्यरत शिक्षक र अध्ययनरत बिद्यार्थीहरुले बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । चार कक्षासम्म अध्यापन हुँदै आएको स्कुलका बिद्यार्थीहरुले आफुले सकेको सहयोग गरेका हुन भने शिक्षकहरुले पनि त्यसैअनुसार सहयोग गरेका थिए ।
देशमा परेको विपत्तिको समयमा हरेक नागरिकहरूले आआफ्नो क्षमताले भ्याएको सहयोग गर्नुपर्ने भन्दै बाढी प्रभावितका लागि सो सहयोग गरिएको प्रीन्सिपल कविता विश्वकर्माले जानकारी दिएकी छन् । उनले सहयोग गर्ने विद्यार्थी, अभिभावक, विद्यार्थी तथा शिक्षक सबैजनालाई धन्यवाद समेत दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *