शेयेर गर्नुहोस
टीकापुर ०५ असोज /
योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको सम्मेलन आयोजक समिती गठन भएको छ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध वाइसीएल नेपालको टीकापुर नगर सम्मेलनका लागि खगेन्द्र प्रसाद भण्डारीको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी गठन गरिएको हो । जसको सह संयोजकमा हृदय राज भट्टराई चयन भएका छन् । त्यस्तै सचीवमा निलेश कुमार विकलाई ल्याइएको छ ।
कृष्ण बहादुर साउँद, बलबहादुर गरञ्जा, महेश रावल, जीवन रावल, सोनम चौधरी, चन्द्रमान घर्तीमगर, सृष्टि चौधरी, देवेन्द्र साउँद, अंकित चौधरी, साहिल चौधरी, निरज चौधरी, रामबहादुर चौधरी सहितको सम्मेलन आयोजक समिती गठन गरिएको पार्टीका प्रदेश सदस्य दयाराम संज्यालले जानकारी दिएका छन् ।
धर्म बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नेपबहादुर चौधरीले पार्टी बलियो बनाउनका लागि पार्टीका भातृसंगठनको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् । उनले पार्टीका भातृसंगठनहरुलाई मजबुत बनाएर चलायमान बनाउन आवश्यक रहेको बताउँदै पछिल्लो समयमा माओवादी केन्द्र प्रती जनताको विश्वास बढ्दै गएको बताए । जनतामा बढ्दै गएको विश्वासलाई कायम राख्नको लागि पार्टीले जनमुखी काम गर्दै जनताको माझमा रहने चौधरीले बताएका छन् ।
उक्त भेलाले आउने कार्तिक १० गते वाइसीएल नगर सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ । प्रकाश टमट्टाले सञ्चालन गरेको कार्यक्रमको स्वागत पदम केसीले गरेका थिए ।










