नेपाल निवृत्त शिक्षक समाजले १५ हजार सहयोग गर्ने

शेयेर गर्नुहोस


टीकापुर १३ भदौ /
नेपाल निवृत्त शिक्षक समाज कैलालीले भदौ १० गते अप्रत्यासित रुपमा भोटेकोशी नदी मा आएको भिषण बाढीका कारण रसुवा, धादिङ्ग, नुवाकोट, गोरखा, चितवन र नवलपरासी जिल्लाहरुका नदी तटीय क्षेत्रमा बसोवास गर्नु भएका नेपाली दाजुभाई, दिदीबहीनी, आमाबुवा तथा स-साना नानीबाबुहरु लगायत काम विशेषले त्यस क्षेत्रमा पुग्नु भएका अन्य स्वदेशी तथा विदेशी नागरीक हरुले मृत्युवरण गर्नुभएको प्रति हामी अत्यन्तै भावविह्वल भएको जनाएको छ ।
एक प्रेस बिज्ञाप्ति जारी गर्दै स्स्माजले मृत्युवरण गर्नुहुने सम्पूर्ण प्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा यस दुःखद परिस्थितिमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि प्रार्थना गर्दछौं साथै उक्त धटनामा परि घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभ एवं सम्पर्क विहिन हुनुभएकाहरुको यथाशिघ्र सकुशल उद्धारको कामना समेत गरेको छ ।
यस भयावह अवस्थाबाट घरवारविहिन हुनुभएका वा विपदमा पर्नुभएका नागरिकहरुको राहतको लागि नेपाल निवृत्त शिक्षक समाज, कैलालीको तर्फबाट रपन्ध्र हजार प्रधानमन्त्रि दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको समाजका अध्यक्ष सुमन कुमार न्यौपानेले जानकारी दिएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *