शेयेर गर्नुहोस
टीकापुर २२ भदौ /
नेपाल शिक्षक महासंघ जानकी गाउँ कार्यसमितिले पुर्णता पाएको छ ।
यसअघि नै दीपक बोगटी अध्यक्षतामा गाउँकार्यसमिति गठन भए पनि अन्य पदाधिकारीको टुंगो आइतबार मात्रै लागेको हो । जसअनुसार सह अध्यक्ष जन्मराज रेग्मी चयन भएका छन् । उपाध्यक्ष आरती बम शाह र भोजराज चौधरी, सचिव धर्मराज न्यौपाने, सहसचिव टेकबहादुर हमाल र नरपत्ता ताम्राकार चयन भएका छन् ।
कार्यसमितिको अर्थ सचिवमा वीरेन्द्र बहादुर खड्काले जिम्मेवारी पाउँदा,सदस्यमा कर्णबहादुर बोहरा, सप्तराज देवकोटा, विद्या भारती, रमेश नेपाली, मोहनसिंह खड्का, सीता कुमारी चौधरी, पवित्रा कुमारी धमाला खनाल, टिकाराम जैसी, खगेन्द्रराज ओझा, मंगला कुमारी थापा चयन भएका छन् ।
गाउँकार्यसमितिको संस्थागत सहसचिव विश्वराज न्यौपाने रहेका छन् भने दुर्गा रावल, बासुदेव रेग्मी र नरेश थापा पदेन सदस्य रहेका छन् । खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद ओझाले शिक्षकहरुको हक, हित र अधिकारको लागि महासंघले विगतदेखी नै पैरवी गर्दै आएको बताउँदै आगामी दिनमा पनि शिक्षकको हक अधिकार सहित गुणस्तरीय शिक्षाका विषयमा संगठित भएर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षकहरुको पेशागत विकासका लागि सबै शिक्षकहरु एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलाली जिल्ला सहअध्यक्ष मोहनसिंह भण्डारी, जिल्ला सदस्य राजाराम ढकाल, लगायतकाको उपस्थिति रहेको थियो । नेपाल शिक्षक संघ जानकी गाउँकार्यसमिति अध्यक्ष दुर्गा रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वीरेन्द्र बहादुर खड्काले गरेका थिए ।










