शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी १६ पुस/
ईलाका प्रहरी कार्यालय भजनिद्धारा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन भयकाे छ ।
कार्यक्रममा नागरिकहरुलाई शान्तिसुरक्षाको प्रत्याभूति दिने काममा प्रहरी लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमा सिमा क्षेत्रमा हुने चोरीपैठारी र लागुऔषध दुर्व्यसनीका घटनामा कमि ल्याउन प्रहरी सकृय हुनुपर्ने उनीहरुको भनाइ रहेको थियो । ईलाका प्रहरी कार्यालय भजनीका प्रमुखको लोकराज जोशीले भजनी क्षेत्रका जल्दाबल्दा शान्तिसुरक्षासँग सम्बन्धित समस्याहरुको समाधानका लागि नागरिक पक्षसँग सहयोग र समन्वय हुने विश्वास व्यक्त गरेका छन् । उनले भारतसँगको खुला सिमानाका कारण हुने चोरीपैठारी, लागुऔषध दुर्व्यसनी न्यूनीकरण लगातका विषयमा प्रहरी जिम्मेवार भएर लागेको बताउँदै त्यसमा नागरिक समाजको साथ आवश्यक रहेको बताएका छन् । “प्रहरी नागरिकहरूको शान्तिसुरक्षादेखि अन्य क्षेत्रमा निकै जिम्मेवार छ । त्यसमा नागरिकहरूको पनि समन्वय र सहकार्यको आशा हामीले गरेका छौं ।” प्रहरी जोशीले भने, “नागरिकहरूले बिना बर्दीको प्रहरीको भुमिका निर्वाह गरेर सूचनासम्म पुर्याउन सकेमात्र पनि धेरै कुरामा सकारात्मक नतिजा ल्याउन सकिने बताएका छन् ।
कार्यक्रममा भजनी नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाले स्थानीय सरकारले गर्नुपर्ने सहयोग र समन्वय कहिल्यै कमि नहुने बताउँदै नागरिकहरूलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताएकी छ । उनले सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप कम गर्न प्रहरीसँगै नागरिकहरु पनि लाग्नुपर्ने बताइन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय मातहतका प्रहरी चौकीका इन्चार्जहरुको पनि सहभागिता रहेको थियो ।










