शेयेर गर्नुहोस
टीकापुर १६ माघ /
कृषि वन बिज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले रक्तदान कार्यक्रम गरेको छ ।
बुधबार सहिद दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । अखिल क्रान्तिकारीका कलेज इकाई अध्यक्ष अंकित अधिकारीको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रमा टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले देशको परिवर्तनमा ज्यान गुमाएका सहिदको योगदान कहिल्यै नमर्ने बताएका छन् ।
उनले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा ज्यानको आहुती दिएका सहिदहरुकै कारण देशको परिवर्तन सम्भव भएको बताए । अध्यक्ष ठकुल्लाले रक्तदान सबैभन्दा ठूलो दान भएको उल्लेख गर्दै रक्तदान कार्यक्रम आयोजना गरेकोमा बिद्यार्थी संगठनलाई धन्यवाद समेत दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा संगठनमा आवद्ध ३० जना बिद्यार्थीले रक्तदान गरेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । उक्त कार्यक्रमको सञ्चालन सुभद्रा उपाध्यायले गरेकी थिइन् ।