शेयेर गर्नुहोस
टीकापुर ०६ भदौ /
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी कैलाली जिल्लाको २१ औं जिल्ला सम्मेलन बाट तपेन्द्र शाहको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिती चयन भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका सुखडमा ४ र ५ गते चलेको अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनले उपाध्यक्षमा राजु पुन मगर, सन्तोष राना क्षेत्री, बम बहादुर विक र प्रिया गौतमलाई चयन गरेको छ । त्यसैगरी सचीवमा गोपाल रेग्मी, सहसचिव सुनिता रोकाया, अर्जुन खत्री, नरेश जैशी र रोजि साउँद चयन भएका छन् । सम्मेलनले कोषाध्यक्षमा बिनिता चौधरीलाई चयन गरेको छ ।