शेयेर गर्नुहोस
समाधान समाचार ,
भजनी २८ असोज /सामुदायिक विपद व्यवस्थान समितिको राष्ट्रिय संजाल नेपालको सहकार्य डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षता एबम बाढी पीडित ब्यक्तित्व कटक शाहिको प्रमुख अतिथ्य र सामुदायिक विपद व्यवस्थान समितिको राष्ट्रिय संजाल नेपालका जिल्ला अध्यक्ष कृष्ण लाल धमालाको बिशिष्ट अतिथ्यमा भजनी नगरपालिका वार्ड नं.८ काढाँढिकमा अन्तराष्ट्रिय प्राकृतिक प्रकोप नियन्त्रण दिवस सम्पन्न भएको छ।
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीका उपाध्यक्ष कल्पना ढुंगानाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको बाढी पीडात जङ्ग बहादुर शाहि, रूप बहादुर शाहि ले कैलाली जिल्ला कै सबै भन्दा बाढी पीडित क्षेत्र भजनी नगरपालिका वडा नं.८ काढाँढिकमा कार्यक्रम गरेकोेमा संरक्षण नेपाल लाई धन्यवाद दिदै बिगत ३० वर्ष देखी एउटै पीडाकाढाँढिकका बासिले भोग्दै जादा गएको बताउनुभयो।
प्रमुख अतिथि कटक शाहीले प्राकृतिक प्रकोप बाढीमा आफुले छोराको ज्यान गए पनि आगामी दिनमा यस्ता घटना नघटुन भनि सरकारले दिर्घकालिन समस्या समाधान गरी दिवोस म अनुरोध गर्नुभयो।
कार्यक्रमका बिशिष्ट अतिथि सामुदायिक विपद व्यवस्थान समितिको राष्ट्रिय संजाल नेपालका जिल्ला अध्यक्ष कृष्ण लाल धमालाले भजनी नगरपालिका वाड नं.८ काढाँढिक कैलाली जिल्ला कै low land भएकाले बाढीले सबै बढी दुख र क्षति हुने गरेको बताउदै क्षेत्रबाट यहाँ समस्या समाधान गर्न राज्यको तीनै सरकारलाई घच्घचाउने छौ बताउनु भयो।
कार्यक्रममा प्रहरी चौकी जनकपुर कैलाली प्र.स.नि.
यज्ञ राज खडका, नरेन्द्र प्रसाद रेग्मी, कृष्णा चौधरीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सन्चालन
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीका महासचिव जय प्रसाद ढुंगानाले गर्नु भएको थियो।