अब किस्तामा पनि धारा जडान हुने

शेयेर गर्नुहोस


टीकापुर १५ असोज /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सबै घरधुरीमा धारा पुर्याउने उद्देश्यका साथ किस्तामा धारा जडान गर्ने भएको छ ।
यसअघि एकमुष्ट १८ हजार रुपैयाँ भुक्तानी भएपछि मात्रै धारा जडानको प्रक्रिया सुरु गर्ने संस्थाले अब ५ हजारमै धारा जडान गर्न लागेको हो । संस्थालाई धारा जडान गर्दा सुरुमा ५ हजार तिर्नुपर्ने छ । त्यसपछि प्रत्येक महिना एक हजारका दरले चालू आर्थिक वर्षको अन्तिमसम्ममा धारा जडन गर्दा हुन आउने बाँकी रमक तिर्नुपर्ने बताएको छ । मुक्त कमैया, एकल महिला, अति विपन्न, घर मुलि अपाङ्ग भएको अवस्थामा सम्बन्धित वडा कार्यालयको सिफारिस र अन्य आधिकारिक कागजातको आधारमा धारा जडानमा लाग्ने शुल्कमा दुई हजार छुट हुने संस्थाका व्यवस्थापन चन्द्र प्रकाश सोडारीले बताएका छन् ।
“हामीले सबै नागरिकहरूलाई खानेपानीको पहुँचमा पुर्याउने उद्देश्यका साथ यो अफर राखेका हौं । अब एकमुष्ट रकम नबुझाएर किस्तामा पनि धारा जोड्न सकिने व्यवस्था मिलाएका छौँ ।” व्यवस्थापक सोडारीले भने, “पैसाकै अभावमा कसैले खानेपानीको पहुँचबाट बञ्चित हुनुपर्ने छैन । संस्थाले सर्वसुलभ सेवा प्रवाहको लागि यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *