शेयेर गर्नुहोस
टीकापुर ०१ पुस /
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आउने बताउनुभएको छ । सोमबार आज काठमाडौंबाट पहिलो व्यावसायिक उडानबाट टीकापुर पुग्नुभएका राज्यमन्त्री चौधरीले तीन दशक भन्दा लामो समयदेखि बन्द रहेको विमानस्थल नियमित सञ्चालनमा आउने बताउनुभएको हो ।
“कैयौं प्रयासका बाबजुद टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउन सफल भएका छौँ । यसलाई नियमित रुपमा सञ्चालन गरिने छ ।” उहाँ भन्नुहुन्छ, “टीकापुरबाट काठमाडौं मात्रै नभई सुदुर तथा मध्यपश्चिमका पहाडी जिल्लामा पनि उडानको तयारी भैरहेको छ ।” उहाँले
२०५४
अब नियमित उडान हुन्छ : राज्यमन्त्री चौधरी

२०५४ सालपछि दुईपटक परिक्षण उडान सफल भएको टीकापुर विमानस्थल झण्डै तीन दशक पछि सञ्चालनमा आएको छ । तारा एयरलाइन्ससँग १५ सिटको ग्यारेन्टी हुनेगरी टीकापुर नगरपालिकाले सम्झौता गरेपछि विमानस्थल सञ्चालन सम्भव भएको हो ।
अबदेखि हरेक आइतबार र बिहिवार काठमाडौंबाट टीकापुर र टीकापुरबाट काठमाडौं उडान हुनेछ । त्यसमा यति एयरलाइन्सले काठमाडौंबाट नेपालगन्जसम्मको उडान गर्ने छ भने टीकापुरका यात्रुलाई त्यहाँबाट टीकापुर यति एयरलाइन्सले पुर्याएर टीकापुरबाट काठमाडौं जाने यात्रुलाई नेपालगन्ज ल्याउने छ । टीकापुरबाट नेपालगन्ज पुगेका यात्रुलाई त्यहाँबाट यति एयरलाइन्सले काठमाडौं पुर्याउने छ । त्यसका लागि ९ हजार भाडादर कायम गरिएको छ ।
विगतमा असम्भव हुँदै आएको विमानस्थल सञ्चालनको कामलाई सहज बनाएको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले बताउनुभयो । उहाँले टीकापुरबाट यात्रु पाउन कठिन हुने भन्ने कुरा पहिलो दिनमै फेल खाएको बताउनुभएको छ । “यात्रु पाइदैन, विमानस्थल चल्न सक्दैन भन्ने कुरालाई पहिलो दिननै गलत सावित भएको छ ।” उहाँले भन्नुभयो, “बरु यात्रुले सिट नपाएको स्थिति देखिएको छ । पहिलो दिनको स्थिति हेर्दा जहाज दैनिक उडाउनु पर्ने हुनसक्छ ।”
आजको उडानमा १८ सिटको तारा एयरको सबै सिट बिक्री भएको छ । केही यात्रु टिकट नपाएर फर्केका छन् ।
सालपछि दुईपटक परिक्षण उडान सफल भएको टीकापुर विमानस्थल झण्डै तीन दशक पछि सञ्चालनमा आएको छ । तारा एयरलाइन्ससँग १५ सिटको ग्यारेन्टी हुनेगरी टीकापुर नगरपालिकाले सम्झौता गरेपछि विमानस्थल सञ्चालन सम्भव भएको हो ।