शेयेर गर्नुहोस
टीकापुर २७ भदौ /
समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत वडा स्तरीय सरोकारवालासँग स्थानीय विपद् व्यवस्थापन समितिको भुमिका विषयक एक दिने अभिमुखिकरण मंगलबार सम्पन्न भएको छ ।
वडा स्तरीय विपद् व्यवस्थापन समिति संयोजक तथा टीकापुर नगरपालिका वडा अध्यक्ष यज्ञप्रसाद न्याैपानेले विपद्का लागि गैरसरकारी संघसंस्थाले जोखिमका समुदायमा जममुखि भएर काम गरिरहेको बताउँदै स्थानीय सरकारले गर्ने विपद् लगायत अन्य शिक्षा, रोजगारीका विषयमा उद्यमशीलता सम्बन्धि तालिम लगायतका विषयकमा गरैसरकारी संस्थाहरुको ठुलो देन रहेको जानकारी दिएका छन् । “हामी जनप्रतिनिधिहरुले आफ्नो वडाको विकासको विषयमा गम्भीर छौं । कुनै पनि गैरसरकारी संघसंस्था आएर मेरो वडाको लागि सहयोग र राम्रो काम गर्छ भने हामी जनप्रतिनिधि दिनरात खटीन तयार छौं ।” वडा अध्यक्ष न्यौपाने भन्छन् ।
उनले विपद् भन्ने कुरा कहिल्यै पनि कसैलाई भनेर नआउने भएकाले विपद्को जोखिमलाई न्यूनीकरण गर्नका लागि सम्पुर्ण समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको बताएका छन् । “संघसंस्थाहरुले कार्यक्रम ल्याउदिने मात्र हो, त्यसको लाभ समुदाय लिनु सक्नुपर्छ ।” उनले भने “संघसंस्थाले दिएको कार्यक्रमको सहि सदुपयोग गर्नुस्, पछि सहयोगी गर्ने संस्था त कति आउँछन्-आउँछन् ।” न्याैपानेले वडा स्तरमा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोष हुने गरेको बताउँदै कोषमा वडा स्तरको कुल बजेटको ३ प्रतिशत बजेट उक्त विपद् व्यवस्थापन कोषमा रहने समेत जानकारी समेत दिएका छन् ।
कार्यक्रममा सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीका टीकापुर शाखाका अधिकृत संजय चाैधरीले कार्यक्रम बारे जानकारी दिँदै बाढि र डुवान जस्ता विपद् जोखिमका घटनाहरुलाई बाल्यकाल देखि नै भोक्दै आएको बताएका छन् । उनले प्राकृतिक प्रकोप कहिले आफ्नो नहुने बताउँदै प्रकोपलाई कहिले पनि सामान्य अर्थमा नलिन आग्रह समेत गरेका छन् । “सिएसएसडी संस्था भनेको विपद् सम्बन्धि समाजमा आवाज उठाउने संस्था हो । परियोजनाको पुर्ण लाभ लिनु भनेकै संस्थाको प्रगति हो ।” उनले भने ” हामी भाग्यमानी हौं, जो एउटा स्थानीय सरकारले गर्ने काम अरु संघसंस्था आएर गर्दैछन् । यसबाट तपाई हामी मात्र हैन स्थानीय सरकारले लाभ लिनु पर्छ ।”
उनले विपद् सम्बन्धि शब्दावली, विपद् आउदा हुने क्षति बारे कुरा गर्दै विपद् आउँदा जनजीवनको मात्र नभइ सम्पत्ति, आर्थिक क्रियाकलाप तथा राजश्वमा समेत ह्रास आउने बताएका छन् । वडा स्थानीय विपद् सरोकारवालासँग व्यवस्थापन समितिको भुमिका कार्यक्रम भजनी नगरपालिकामा सिएसएसडी भजनीका बलबहादुर सिलाधर र जानकी गाउँपालिकाका सिएसएसडीका परियोजना संयोजक भरत विकले अभिमुखिकरण गरेको चाैधरीले जानकारी दिएका छन् ।
मोफा जापान र वल्र्ड भिजन जापानको सहयोगमा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विन्तीराम चाैधरीले गरेका थिए ।