शेयेर गर्नुहोस
टीकापुर ०२ भदौ /
जानकी गाउँपालिका वडा नं. ९ स्थिति अरुणोदय माद्यामिक बिधालयको ५२ औं वार्षिकोत्सब कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष हीरालाल भाटको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले शैक्षिक क्षेत्रमा अरुणोदय माद्यामिक बिधालयको ठुलो देन रहेको बताएका छन् । उनले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले प्रयासहरु गरिरहेको बताउँदै त्यसमा बिधालय प्रशासन, बिद्यार्थी र अभिभावकहरुको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
बिधालयको वार्षिक प्रतिवेदन बिधालयका प्रधानाध्यापक कपिलराज भाटले प्रस्तुत गर्दै बिधालय स्थापना गर्दा योगदान पुर्याउने व्याक्तिहरुलाई स्मरण गर्दै उहाँहरुको भुमिकालाई बिर्सन नसकिने बताएका छन् । “५२ वर्ष अगाडि बिधालयको स्थापना हुँदाको स्थितिलाई आज सामान्य रुपमा नजरअन्दाज गर्न सकिने स्थिति छैन ।” उनले भने, “त्यो बेला अरुणोदयको परिकल्पना नगरिएको भए आज सम्भवत यस क्षेत्रमा बिधालय हुन्थ्यो कि हुन्थेन ।”
प्रधानाध्यापक भाटले पछिल्ला केही वर्षहरूबाट बिधालय शैक्षिक गतिविधिमा थप मजबुत बन्दै गएको बताउँदै त्यसका लागि सहयोग गर्ने गाउँपालिका, वडा कार्यालय र पुर्व बिद्यार्थी लगायत सम्पुर्ण शुभचिन्तकहरु प्रती आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा बिधालयले राखेको बताएका छन् । बिधालयको वार्षिकोत्सबको अवसरमा बिधालय स्थापनाकाल देखि विभिन्न कालखण्डमा योगदान पुर्याउने व्याक्तीहरुलाई सम्मान गरिएको थियो । बिधालयको उत्कृष्ट शिक्षकको रुपमा मोहनसिंह खड्का र उत्कृष्ट कर्मचारीको रुपमा छोटेलाल चौधरीलाई पनि सम्मान गरिएको थियो
बिधालयमा हाल ८ सय ७ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।
बिधालयका शिक्षक मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको स्वागत शिक्षक टेकबहादुर धामीले गरेका थिए । सोही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।