असल ऋणीले ब्याजमा एक प्रतिशत छुट पाउने

शेयेर गर्नुहोस


जगत कुमारी जैशी, टीकापुर १४ भदौ /
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असल ऋण कारोबार गर्ने शेयर सदस्यलाई अर्को पटक ऋण लगानी गर्दा एक प्रतिशत व्याज छुट दिने भएको छ ।
सहकारीको संचालक समिति बैठकले एक पटक संस्थाबाट ऋण कारोबार गरेर एकपटक पनि जरिवाना नपरि नियमित रुपमा ऋणको व्याज तथा किस्ता बुझाउने सदस्यलाई असल ऋणी सदस्यको रुपमा वर्गिकरण गर्ने र अर्को पटक ऋण माग गर्न आउँदा जुन सुकै शिर्षकको ऋण माग गर्दापनि उक्त ऋण कारोबारमा संस्थाले अन्य ऋणी सदस्यबाट लिँदै आएको ऋणको व्याज भन्दा १ प्रतिशत कम व्याजमा ऋण लगानी गर्ने निणर्य भएको संस्थाका अध्यक्ष नृपराज भण्डारीले जानकारी दिएका छन् । ‘संस्थाबाट ऋण लिएर एक आर्थिक वर्षसम्म तोकिएको समयमा नियमित रुपमा किस्ता तथा व्याज बुझाउने सदस्यलाई अर्को आर्थिक वर्षमा ऋणमा सहुलियत दिन सकिने गरि संचालक समितिले निणर्य गरेको छ ।’ अध्यक्ष भण्डारीले भने ।
नियमित रुपमा मासिक बचत गर्ने तथा ऋण लिएर सम्झौता अनुसार नियमित रुपमा भुक्तानी गर्ने सदस्यलाई एक वर्षका लागि संस्थाले कार्ड उपलब्ध गराउने र एक पटक किस्ता अनियमित भएमा अर्को पटक उक्त कार्डको नविकरण नहुने समेत संस्थाले निणर्य गरेको छ बताइएको छ । समयमा ऋणको व्याज तथा किस्ता नबुझाउने सदस्यलाई जरिवानाको व्यवस्था तथा असल कारोबार गर्नेलाई हौसला स्वरुप व्याज छुटको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए । यसले अन्य शेयर सदस्यहरुलाई पनि समयमा ऋण तिरेर असल सदस्यको रुपमा आफुलाई कायम राख्दै छुट सुविधाले आर्थिक लाभ समेत हुने भएकोले सदस्यहरुलाई प्रोत्साहनका लागि यस्तो व्यवस्था ल्याइएको संस्थाका व्यवस्थापक छबिलाल जैशीले बताएका छन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *