आचारसंहिताका बारे उम्मेदवारलाई जानकारी

शेयेर गर्नुहोस


टीकापुर ०४ कार्तिक /
कैलाली क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले संघीय तथा प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुसँग शुक्रवार आचारसंहिताको बारेमा जानकारी गराएको छ ।
निर्वाचनका लागि प्रचारप्रसार गर्दा उम्मेदवारहरुले ध्यान दिनुपर्ने कुराहरू र आचारसंहिता उलंघन गर्दाको सजाय लगायतका विषयमा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई जानकारी गराएको हो । कार्यालयले नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न वाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने, प्रचार प्रसार @ सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निवाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकुल नहने गरी प्रचार प्रसार गर्ने, प्रचार प्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा वाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जांदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जाँदा समेत उल्लेखित व्यवस्थाको गरिएको बताइएको छ ।
निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था भएको बताउँदै यहीँ कात्तिक १७ गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्न समेत आग्रह गरेका छन् । उनले कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने व्यवस्था रहेको बताउँदै त्यस्तो सामग्री राखेको वा टासेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारवाही हुने व्यवस्था रहेकोले समेत सचेत हुन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *