आन्दोलनरत शिक्षकहरूको आन्दोलन फिर्ता

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ भदौ /
जानकी गाउँपालिका अन्तर्गतका बिधालय स्रोत शिक्षक, बालविकास शिक्षक तथा बिधालय कर्मचारीहरुको जारी आन्दोलन फिर्ता भएको छ ।
गत आर्थिक वर्षको छ महिनाको गाउँपालिकाले उपलब्ध गराउनुपर्ने पारिश्रमिक लगायत चार बुदे मागसहित आन्दोलनमा उत्रेका उनिहरुले शनिबारदेखि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन । आन्दोलन परिचालन समिती गठन गरी २३ गतेदेखि बिधालयको पठनपाठन बन्द गराएका शिक्षक कर्मचारीहरुले संवाद समुहको सहजीकरणमा आन्दोलनरत पक्ष र गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको संयुक्त छलफलले शिक्षक तथा कर्मचारीहरुका मागहरु पूरा गर्ने आश्वासन दिएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको गाउँपालिकाका सामाजिक शाखा संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष कमल महतोले जानकारी दिएका छन् ।
जसमा गाउँपालिका क्षेत्र भित्रका बिधालय स्रोत शिक्षक, बालविकास शिक्षक र बिधालय कर्मचारीहरुका मागहरुलाई सम्बोधन गर्दै जाने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको आन्दोलन परिचालन समितिका संयोजक मोतिलाल चौधरीले बताएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षको उपलब्ध गराउनुपर्ने भुक्तानी रकम दशै अगाडि भुक्तानी गरिसक्नुपर्ने, गाउँपालिकाको नियमअनुसार पाउँदै आएको रकम चालू आर्थिक वर्षदेखि समयमै भुक्तानी गर्ने लगायतका विषयमा सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले बताएका छन् । आन्दोलनरत पक्षले सहमतिको वातावरण नभए २९ गतेसम्म बिधालय बन्दको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *