शेयेर गर्नुहोस
टीकापुर १३ फागुन /
आर एम ई स्कुलको १२ वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले अबको शिक्षा गुणात्मक हुनुपर्ने बताएका छन् । उनले बालबालिकाको भावनाअनुरूपको शिक्षा दिनुपर्ने बताउँदै बिधालय शिक्षक र अभिभावकको सम्बन्ध समधुर हुन जरुरी हुने बताए । “हामीले बालबालिकालाई शिक्षकको भरमा र बिधालयको भरमा छोड्ने गरेका छौं । त्यसको रेखदेख राम्रोसँग गर्न सकेका हुँदैनौं ।” रजिस्ट्रार पाठकले भने ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश योजना आयोगका सदस्य डा जगतबहादुर सिंह रावल विशिष्ट अतिथि रहेका थिए । त्यस्तै
वरिष्ठ पत्रकार प्रशान्त अर्याल, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशरबहादुर कुँवर, टीकापुर अस्पताल विकास समितीका अध्यक्ष झपटबहादुर सोडारी, समाजसेवी नवराज रावल, पत्रकार तथा समाजसेवी सोमबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
बिधालयका प्रीन्सिपल तेजराज खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मथुरा प्रसाद भण्डारी र दुर्गा जोशीले गरेका थिए ।