शेयेर गर्नुहोस
समाधान समाचार,
अछाम ०७ भाद्र/ सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले अछामको रामारोशन गाउँपालिकामा बाढीका कारण भएको क्षतिको स्थलगत निरिक्षण गर्दै आइतबार मुजाबगर पुगेका छन।
शुक्रबार प्रदेशको अस्थायी राजधानीबाट अछाम गएका आर्थिक मामिला मन्त्री सहितको टोलिले साफेबगर नगरपालिकाको बुढिगंगा नदिमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमन पछि बाढिका कारण आक्रान्त भएको रामारोशन गाउँपालिका पुगेको उनका स्वकीय सचीव आदर्श साउदले जानकारी दिएका छन। उनका अनुसार रामारोशन गाउँपालिकाको मुजाबगर, पुलबजार, खालबजार लगाएत क्षेत्रको स्थलगत निरिक्षणमा गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउद लगाएत स्थानिय सरोकारवालाहरु रहेका छन।
स्थानीय वासीले निरिक्षण निरिक्षणमा मात्रै सिमित नभई विस्थापित परिवारलाई उचित राहत सहित दीर्घकालीन राहत प्याकेजको प्रदेश सरकारबाट आसा गरेको बतएका छन। साथै कैलाश खोलामा दीर्घकालीन योजना सहित तटबन्धकोलागि पनि स्थानीयको अपेक्षा रहेको बताइएको छ। बाढीका कारण पुर्ण विस्थापित परिवारलाई राहत समेत वितरण गर्ने कार्यक्रम रहेको स्वकीय सचीव साउदले बताएका छन। मन्त्री बोहराले क्षतिको विवरण संकलन गरि तत्कालीन र दीर्घकालीन राहत सहित आवश्यक पहल प्रदेश सरकारले गर्ने बताएका छन।