शेयेर गर्नुहोस
समाधान समाचार,
अछाम ०६ भाद्र/ सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले अछाममा बाढीका कारण भएको क्षतिको स्थलगत निरिक्षण सुरु गरेका छन।
शुक्रबार प्रदेशको अस्थायी राजधानीबाट अछाम गएका आर्थिक मामिला मन्त्री सहितको टोलिले साफेबगर नगरपालिकाको बुढिगंगा नदिमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरिएको उनका स्वकीय सचीव आदर्श साउदले जानकारी दिएका छन। उनका अनुसार बैजिनाथ, बागबेडी,कालिमाटी लगाएतका जोखिममा रहेका क्षेत्रको स्थलगत निरिक्षण भएको छ। साफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुवर लगाएतको टोलिले सो क्षेत्रको स्थलगत निरिक्षण गरेको हो।
त्यो संगै आर्थिक मामिला मन्त्री बोहरा सहितको टोलि रामारोशन गाउँपालिकामा कैलाश खोलामा आएको बाढीले पुर्याएको क्षतिको समेत निरिक्षण गर्ने र राहत समेत वितरण गर्ने कार्यक्रम रहेको स्वकीय सचीव साउदले बताएका छन।