गाउँपालिका द्वारा शोक व्यक्त

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०६ भाद्र
/ यही भाद्र २ गते कैलाश खोलामा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति गाउँपालिकाले शोक व्यक्त गरेको छ ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदद्वारा विनाशकारी बाढीका कारण १७ जनामध्ये ६ जनाको शव प्राप्त भइसकेको अवस्थामा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढीका कारण पूर्णरुपमा क्षति भएको सैनीबजार, कैलाश किनारमा अवस्थित खालबजार, पुलबजार, मुजाबगर र गजड बजारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यो विनाशकारी बिपत्तीको सबैजना एकसाथ जुटेर सहयोग गर्न आग्रह समेत गरिएको छ ।
वक्तव्यमा ठूलो मानवीय क्षतिका साथै सयौं पशु चौपाया, ७ वटा झोलुङ्गे पुल, ४ वटा लघुजल–विद्युत आयोजनाका पावर हाउस तथा कुलोहरु, रामारोशन प्रवेशद्वार पूर्णरुपमा बगाउनुका साथै सेरी मोटरेवल प्रयोग गर्न नमिल्ने गरी क्षति हुनुका साथै तिमिल्सिैन– रामारोशन सडकको अधिकांश भाग बगेर सडक सम्बन्ध पूर्णरुपमा बिच्छेद भई सामान्य आवत–जावतमा समेत कठिन समस्या भएको उल्लेख भएको छ ।
साथै, कोरोना भाइरस संक्रमणले पूर्णरुपमा कृषिमा आश्रित बनाएको अवस्थामा विनाशकारी बाढीले दीर्घकालीन रुपमा असर पार्ने भएकोले तत्कालीन राहात तथा पुनःस्थापना र दीर्घकालीन पुनःनिर्माणका लागि विशेष पहल गरी नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध समेत गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा तत्कालीन र दीर्घकालीन राहात पुनःस्थापना र पुनःनिर्माणको कार्यमा सहयोग गर्न सम्पूर्ण नगरपालिकाहरु तथा समकक्षी गाउँपालिकाहरुलाई समेत आग्रह गरिएको छ ।
गाउँपालिकाले बिपतको घडीमा इच्छुक सहयोगी मनहरुका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको खाता नं. ०७७०१०१७५००३२३ समेत खुल्ला गरिएको समेत जानकारी दिइएको छ । अध्यक्षद्वारा प्रकाशित वक्तव्यमा यस प्रश्रव घडीमा मृत तथा बेपत्ता परिवारलाई धैर्यधारण गर्ने अनुरोध गर्दै नजिकको सरकारको हैसियतले गाउँपालिकाले अभिभाकत्व ग्रहण गर्ने र छिट्टै राहात तथा पुनःस्थापना एवम् पुनःनिर्माणको प्याकेज ल्याउने समेत जानकारी गराइएको उल्ल्ेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *