आर पि एन ग्रुपले गर्यो स्वास्थ्य सामग्री सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार , जेठ ३० /
आर पि एन ग्रुप नेपालले कोरोनाको महामारीमा अस्पताल लहाएतका क्षेत्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सनिवार ग्रुपले टीकापुर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अभियानका अभियानता डम्बराज कट्टेलले जानकारी दिएका छन । उनले यस्तो बिपतिमा आफुहरुले चलाएको अभियान मार्फत संकलन भएको रकमले स्वास्थ्य सामग्री खरिद गरि हस्तान्तरण गरिएको बताएका छन । कट्टेलले यश अघि पनि टीकापुर अस्पताललाई अक्सिजन सिलिन्डर रिफिल गरेर सहयोग गरेको बताउदै आगामी दिनमा पनि एक मानव भएकै नाताले सहयोग अभियानलाई जारी राख्ने बताएका छन।
“म एक्लैले चाहेर पनि सबै कुरा सम्भव थिएन । सबै ग्रुपमा आबद्ध भएका साथिहरुको समन्वय र देश तथा बिदेशमा रहेका साथीहरुका कारण हामिले थोरैपनी सहयोग गर्न सकेका हौ ।” कट्टेलले भने “आवस्यकता अनुसार हामी सधै समाजप्रति यसैगरी निरन्तर लागिपर्ने छौ ।”
टीकापुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले यस्तो बिपतिमा मानवीय सेवाकोलागी युवाहरूको प्रयास सकारात्मक रहेको बताउदै आगामी दिनमा पनि समाजप्रति सकारात्मक रहन आग्रह गरेका छन । उनले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद समेत ब्याक्त गरेका छन ।
ग्रुपले सनिवार टीकापुर अस्पतालसहित जोशिपुर गाउँपालिका, जानकि गाउँ पालिका लागाएतलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कट्टेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *