शेयेर गर्नुहोस
समाधान समाचार, भजनी १२ कार्तिक /
भजनीमा निर्वाचित महिला जनप्रतिनिधिहरूको क्षमता विकास र लैगिङ्क उत्तरदायी तथा समावेसी स्थानिय सरकार प्रवद्र्धन परियोजना अन्तर्गत अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी एक दिने पुनतार्जगी तालिम सम्पन्न भएको छ।
उक्त कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जुरी नेपालको आयोजनामा भएको थियो। भने कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र बहादूर बिकको रहेका थियो ।
कार्यक्रममा जिम्मेवारी निर्वाह गर्दा समन्वय समितिले भोगेका मुख्य समस्या चुनौती, स्थानिय तहबाट सेवा सुविधा लिँदा अपाङ्गता भएका ब्यक्तिले भोग्नु परेका चुनौती लगाएतका गतिधिविका बारेमा जानकारी महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमखु रिजु चौधरीले जानकारी दिइन्।
यसअघि कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा यस सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको सहजीकण ( NNDSWO) का सामाजिक विकास अधिकृत प्रकाश पौडेल र जुरी नेपालका वेद लामिछानेले गरेका थिए ।