शेयेर गर्नुहोस
टीकापुर १९ असोज/
एनएमवि बैंक टीकापुर शाखा र ओम कृष्ण अस्पताल टीकापुर बीच बैंकका ग्राहकहरुको उपचार लगायतमा छुट सम्बन्धि बिहिवार सम्झौता भएको छ ।
बैंकका सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख श्याम अधिकारी र अस्पतालका प्रबन्ध निर्देशक कृष्ण प्रसाद बजगाई उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय बजगाई, बैंकका क्षेत्रीय प्रबन्धक अमन जोशी, टीकापुर शाखा प्रमुख प्रेम भट्टराई लगयतको सहभागिता रहेको थियो ।
बैंकले आफ्ना ग्राहकहरु ओम कृष्ण अस्पतालमा उपचारका लागि जाँदा २० प्रतिशत सम्म छुट दिने भएको छ । जसमा ओटी चार्जमा २० प्रतिशत, ओपिडी, ओपिडी ल्याब, आइपिडी ल्याब,आइपिडी रेडियोलोजी, आइसियु, एनआइसियु, नर्मल बेड चार्जमा १० प्रतिशत छुट दिने गरी सम्झौता भएको शाखा प्रमुख भट्टराईले बताएका छन् । उनले फार्मेसीमा भने ५ प्रतिशत छुट रहने बताए ।