शेयेर गर्नुहोस
टीकापुर २३ जेठ /
नेकपा एमालेको टीकापुर नगर कमिटी अध्यक्षमा लक्ष्मण थापा चयन भएका छन् ।
पार्टीको १० औं नगर अधिवेशनबाट अध्यक्षमा थापा चयन भएका हुन । त्यसैगरी नगर उपाध्यक्षमा विजय सार्की निर्विरोध चयन हुँदा सचीवमा भानुभक्त जैशी, उपसचिवमा पुरुषतर्फ बलबहादुर विक र महिलातर्फ लिला चौधरी सहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा निर्वाचित अध्यक्ष थापाले पदस्थापन कार्यक्रममा बोल्दै पार्टीको नीति र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले चुनौतीको भारी बोकेर गन्तव्यमा हिड्ने प्रयास्स गरेको बताउँदै गन्तव्यमा पुगेर भारी बिसाएपछी मात्रै आफ्नो सपना पूरा हुने बताएका छन् ।
“पार्टीमा जनविश्वास बढाउँदै २०८४ साललाई लक्षित गर्दै आगामी गतिविधि अगाडि बढाउने पहिलो प्रयास हुनेछ ।” उनले भने, साथ र सहयोग सबैको चाहिन्छ र चाहिएको छ । त्यसका लागि पार्टीमा हुँदै आएको व्याक्तिवादी सोचको अन्त्य हुन पनि जरुरी छ ।” उनले संगठनलाई मजबुत बनाउँदै जनवर्गीय संगठनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
निवर्तमान अध्यक्ष ध्रुव खत्रीले टीकापुरमा पार्टी संगठनलाई चुनौतीपूर्ण स्थितिबाट माथी उठाउन आफ्नो कार्यकालमा सफल भएको बताएका छन् । उनले पार्टी भित्रको छिचोल्दै पार्टी सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिएका छन् । खत्रीले पार्टी भित्र त्यागको भावना हुनुपर्ने पनि बताएका छन् ।
साथै १० औं नगर सभाले लालबहादुर साउँदको संयोजकत्वमा लेखा समिती पनि चयन गरेको छ । जसको सदस्यम मीना कुमारी चौधरी र शुरत बहादुर रावल चयन भएको निर्वाचन अधिकृत छविलाल अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष तपेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य झपट बहादुर रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गंगाराम आचार्य लगायतले बोलेका थिए ।