ओम अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ साउन /
टीकापुरमा रहेको ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टरलमा मेरुदण्डको शल्यक्रिया (अपरेसन) सफल भएको छ ।
लामो समयको प्रयासपछि अस्पतालमा कार्यरत हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डा. उत्सव श्रेष्ठले टीकापुर नगरपालिका वडा नं. १ मा बसोबास गर्दै आएकी रुविना चौधरीको मेरुदण्डको सफल शल्यक्रिया गर्न सफल भएका हुन । उनले यसभन्दा पहिला थुप्रै ठाउँमा उपचार गराएको बताएकी छन् । ” मैले कति ठाउँ उपचार गराए मलाई नै थाहा छैन । झाक्रीले बोको समेत भाकेको थियो । त्यो सबै गर्यौं ।” चौधरीले भनिन, “आज मलाई सहज भएको छ । विगतको जस्तै हिड्न सक्छु जस्तो साहस आएको छ ।” ढाडमा समस्या आएपछि चौधरी पाँच मिनेट पनि लगातार हिड्न सक्ने अवस्थामा थिइनन् । सुतिरहेको अवस्थामा आराम महसुस हुने काम गर्दा र हिड्दा निकै गाह्रो हुने भएपछि चौधरीले थुप्रै उपचारका विकल्प गरेको बताएकी छन् ।
“यो सम्भवत सुदुरपश्चिम कै लागि पहिलो सफलता हो । नभए टीकापुरको लागि त नौलो हो ।” डा. श्रेष्ठले भने, “हामी त्यो केशमा आठ महिनादेखि लागेका थियौं । अहिले बिरामी पुर्ण रुपमा ठिक हुनुभएको छ । यो हाम्रा लागि दोस्रो सफलता हो । यसभन्दा पहिला एउटा नशाको बिरामीको शल्यक्रिया मार्फत उपचारमा सफल भएका थियौं ।” अस्पतालले हाडजोर्नी, मेरुदण्ड तथा नशाको शल्यक्रिया मार्फत टीकापुरमै उपचार गर्न थालेपछि त्यस्ता बिरामीहरुलाई काठमाडौ, भारततिर जानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *