शेयेर गर्नुहोस
झलनाथ खनाल,
अछाम ११भाद्र/ सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले अछामको रामारोशन गाउँपालिकामा बाढीका कारण भएको क्षतिको कठिन यात्राका बाबजुद पनि स्थलगत निरिक्षण गर्दै आएका छन
गत शुक्रबार प्रदेशको अस्थायी राजधानीबाट अछाम गएका आर्थिक मामिला मन्त्री सहितको टोलिले साफेबगर नगरपालिकाको बुढिगंगा नदिमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमन पछि बाढिका कारण आक्रान्त भएको रामारोशन गाउँपालिका पुगेर बाढीका कारण हिड्डुल नै गर्न नसकीने अबस्थामा पनि जोखिमको यात्रामा प्रभावित क्षेत्रको निरिक्षण गर्दै आएका हुन। रामारोशन गाउँपालिकाको मुजाबगर, पुलबजार, खालबजार, सैनीबजार, लगाएत क्षेत्रको स्थलगत निरिक्षण गर्दै मन्त्री बोहराले बाढीको प्रमुख कारण बनेको धनेसल्ला क्षेत्रको समेत निरिक्षण गरेका छन।
त्यति मात्रै होइन मन्त्री बोहराले बाढीका कारण ज्यान गुमाएका परिवारलाई समेत भेट गरि सान्त्वना दिनुका साथै बाढीले सम्पर्क नै टुटेको अबस्थामा आवागमनलाई केही सहज बनाउनका लागि भन्दै तत्काल गोरेटो बाटो निर्माणको काम सम्मान समेत भइ मुजाबगर देखि सैनिबजार सम्मको आवागमन सहज भएको छ।उनले गोरेटो बाटो निर्माण भइ आवागमन सहज नभएसम्म आफू रामारोशन गाउपालिकाबाट नफर्किने प्रतिबद्धता स्थानियमा गरेको उनका स्वकीय सचीव आदर्श साउदले बताएका छन।
प्रदेशको मन्त्री बोहराको रामारोशन गाउँपालिकाको यो कठिन अबस्थामा पनि चप्पल र हाप पाइन्टमा लौरोको साहरामा पनि जनताको पिडामा मलम लगाउने काम गरेकोमा स्थानीय बासिले बल्ल आफुहरुले जनताको जनप्रतिनिधि पाएको महसुस समेत गरेका छन। कठिन यात्रा, दिनभरको हिडाडुली, छिप्पेको उमेर, उकाली र वराली गर्नु यस्तो कठिन अबस्थामा यात्रा गर्नु सहज थिएन। यो यात्रा एउटा तन्नेरी युवाको लागि पनि चुनौती नै देखिन्छ। तर मन्त्री बोहराको यो साहस र जागरुकताले चाहेको खण्डमा सबै कुरा सम्भव हुन्छ भन्ने कुराको पुष्टि समेत गरेको छ।त्यसमा पनि चुनावको बेला मात्रै मुख देखाउने र आफ्नो स्वार्थ लिएर मन्त्री बनेका नेता मात्र चिनेको रामारोशनले आज जनताको नेता पनि देख्न पाएको छ।
छबिसका जनतालाई ढिक्के नुनको प्रलोभन देखाएर चुनाव जितिन्छ भन्ने नेतालाई रामारोशन ( छबिस) ले कहिलै चिन्न सकेन। पैसाका बिटा फालेर चुनाव लड्न मोफसलबाट तामझाम सहित आउने, चुनाव जितेपछी छबिसका जनतालाई भेडाबाख्रासंग तुलना गर्ने नेतालाई रामारोशनले चिन्न सकेन। केही सिमित ब्याक्तीको आडमा टेकेर राजनीतिको झ्याली पिट्दै आएका नेतालाई रामारोशनले चिन्न सकेन।
दश बर्षको जनयुद्धमा अछाम जिल्लाकै ठूलो क्षति व्यहोर्नुपरेको रामारोशन अब त्यही ढिक्के नुनको आस र केही ब्याक्तिको आडमा हुने फोहोरी राजनितीबाट माथी उठन आवश्यक छ। अहिले रामारोशन पिडामा रोइरहेको छ। यो पिडालाई आफ्नै पीडा सम्झेर एकसरो लुगामा लौरोको साहरामा जनताको घरदैलोमा पुगेका मन्त्री झपट बहादुर बोहराले नेता चुनावमा मात्र नभई हरेक सुखदुःखमा पनि जनताको घरदैलोमा पुग्न सक्छन र पुग्नु पर्छ भन्ने कुराको प्रमाणित गरिदिएको छ।
रामारोशनलाई आकाशमा उडेर आउने होइन जमिनमा टेकेर आउने नेता चाहिन्छ। अब आश्वासन होइन रामारोशनलाई बिकास चाहिएको छ। अब रामारोशनलाई झुटका भाषण होइन सडक चाहिएको छ। राहत र दीर्घकालीन कैलाश खोलामा तटबन्ध चाहिएको छ। बिजुली बत्ती चाहिएको छ। रोजगारी चाहिएको छ। रामरोशन बासीलाई राज्यबाट प्रवाह हुने आधारभूत आवश्यकता पूरा गर्ने राजनेता चाहिएको छ।