शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०९ पुस /
कर्णाली सुपर यातायात प्रा लि टीकापुरले जाडोको समयको मध्यनजर गर्दै कपडा बैंक सञ्चालनमा ल्याएको छ ।
यातायात प्रालीले गरिब, न्यून वर्गका नागरिकहरूका लागि जाडोमा न्यानो कपडा किन्न नसक्ने नागरिकहरूलाई मध्यनजर राख्दै कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।
यातायात प्रालीका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले गरिबीको कारण कैयौं नागरिकहरूले कपडा खरिद गर्न क्षमता नभएको बताउँदै त्यस्ता नागरिकहरूका लागि आफुसँग भएको राम्रो र दिन मिल्ने कपडा कपडा बैंकलाई उपलब्ध गराउन सकिने बताएका छन् ।
“चिसोको समयमा विशेषगरी शिविरहरुमा बसोबास गर्दै आएका नागरिकहरूको जनजीवन निकै प्रभावित हुने गरेको छ । त्यसमा पनि दैनिक मजदुरी गरेर घर गुजारा चलाउनेहरुकालागि आफुले लगाउन छोडेको तर अरुले लगाउन मिल्ने कपडाले अरुको चिसो भगाउन सकिन्छ भने किन हामिले सहयोग नगर्ने ?” बुढाक्षेत्रीले भने, “एक मानवले अर्को मानवलाई सहयोग गर्नु सबभन्दा ठूलो धर्म हो । त्यसैले पनि हामी यस अभियानमा जोडिएका छौँ ।” उनले घरमा थन्क्याएर राखिएका कपडाले अरुलाई ठूलो राहत हुने भन्दै सहयोगीहरुलाई सहयोगको आग्रह पनि गरेका छन् ।