कर्णाली नदीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०६ असोज/
हुलाकी राजमार्ग अन्तर्गतको कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीमा पर्ने सत्ति पुल दुई हप्ताको लागि बन्द हुने भएको छ ।
पुलको पुर्वतर्फको छेउको पुलको स्पान मर्मत गर्नुपर्ने भएकाले केहि दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सुचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मंगलबारदेखि मर्मत कार्य सुरु गरि असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा जानकारी दिनुभएको छ ।
यस वर्ष कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पुर्वतर्फको दुई वटा स्पान जोड्ने भाग करिब ६ इन्च जति छुट्टिएको थियो । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुई पटक सर्वसाधारण तथा गाडीहरु आवागमनमा बन्द गरिएको थियो । कर्णाली नदीमा पुल निर्माण भए देखिनै पुलको पुर्व तर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकोले पुलको पुर्व तर्फको तटबन्ध वर्षेनी भत्कने गरेको थियो ।
पुलको तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्ष देखि नै पुलको पुर्वतर्फ दुईवटा पिलर थप्नका लागी पहल गर्दा पनि सुनुवाई नभएको स्थानिय जितबहादुर चौधरी बताउँनुहुन्छ ।
यस वर्ष जेनतेन पुल पुल जोगाउने काम भएको बताउँदै आउँदो हिउँदमा कर्णाली नदीको बिचको भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानिय सर्पराज साउँदले बताउनुभयो ।
यस वर्ष पारी पट्टीको भागमा ठुलो ढुंगा हाल्ने काम भएकोले पुलको संरक्षण भएको थियो ।
वि.सं. २०७१ सालमा निर्माण भएको १३ वटा स्पान रहेको उक्त पुलको लम्बाई ५ सय ३१ मिटर रहेको छ । रसुवा कन्स्ट्रक्सन प्रा.ली.ले पुल निर्माणको काम गरेको थियो ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *