कार्यालय परिसर भित्रैबाट हराउँछन सवारीसाधनका पाटपुर्जा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ असोज /

टीकापुर नगरपालिका वडा नं. ९ मा रहेको सत्ती भन्सार कार्यालय खक्रौलामा दुई वर्षको अवधिदेखि अबैध रुपमा सञ्चालन भइ नियन्त्रणमा लिएका करिब साढे सय मोटरसाइकल कार्यालय परिसरमा छन् ।
त्यति मात्रै होईन एक/ एक वटा स्कारपियो, पिकअप र अटोठेला पनि भन्सार कार्यालयको परिसरमा थन्किएका छन् । भन्सार कार्यालयले समयसमयमा ती नियन्त्रणमा लिई भन्सार पुगेका सवारीसाधनहरुलाई लिलाम प्रक्रियाबाट बिक्रीवितरण गर्नुपर्ने भएपनि दुई वर्षको अवधीसम्म भन्सारले सवारीसाधनको लिलाम प्रक्रिया अगाडि बढाएको छैन । अवैध रुपमा सञ्चालन भएका सवारीसाधनहरु नियन्त्रणमा लिनेबेला सञ्चालनमै हुन्छन् । नियन्त्रणमा लिएर भन्सार कार्यालयपरिसरमा पुगेका ती अधिकांश मोटरसाइकलका पाटर्सपूर्जा छैनन् ।
प्रहरीले सडकमा गुडिरहेका मोटरसाइकल चेकिङ्गका बेला पक्राउ गर्छ र भन्सारलाई बुझाउँछ । केही मोटरसाइकल त तस्करीले सामान ओसारपसारको बेला प्रहरीले नियन्त्रणमा लिन्छ । यसरी नियन्त्रणमा लिएका मोटरसाइकल प्रहरीले भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाउनुपर्छ । बुझाएको पनि छ । तर भन्सार परिसर भित्र सुरक्षाघेरामा रहेका मोटरसाइकलका सामान कहाँ गायब हुन्छन् भन्ने प्रश्न गम्भीर रुपमा उठेको स्थानीय दिनेश विक बताउँछन् । “सञ्चालनमा रहेका मोटरसाइकलहरु नियन्त्रणमा लिन्छन् । त्यहाबाट भन्सार पुगेपछि मोटरसाइकलका पाटपुर्जा कतै नदेखिनु शंकाको कुरा हो ।” विकले भने, “कतै भन्सारका कर्मचारीहरुको मिलेमतोमा रातारात सामानको मोलमोलाई त हुने गरेको छैन ? यदि त्यस्तो हो भने त्यसको छानबिन गरि कार्वाहीको प्रक्रिया अगाडि बढाइनु पर्छ ।”
त्यहाँ रहेका मोटरसाइकल मध्ये कसैका पांग्रा छैनन् त कसैका ह्यान्डल नै छैनन् । त्यसैमा दुई वर्ष लामो समयसम्म भन्सार कार्यालयले मोटरसाइकल लिलाम नगर्नुले पनि शंका उत्पन्न गएको स्थानीय चन्द्रकान्त अधिकारी बताउँछन् । “के पांग्रा र हेन्डल बिनाको मोटरसाइकल सडकमा गुडिरहेको थियो होला त ? भन्सारमा प्रहरीले पक्राउ गरि बुझाएका सवारीसाधन मोटरसाइकलका सामान कि त प्रहरीले गायब गरेर बुझाउँछन कि भन्सारबाट चोरी हुन्छन् ।” अधिकारीले भने।
तर भन्सार प्रमुख विमलकुमार शाहले यो कुरा स्वीकार गरेनन् । “प्रहरीले जस्तो अवस्थामा ल्याएको हुन्छ, त्यस्तै अवस्थामा हामिले भन्सारमा राख्ने गरेका छौ ।” भन्सार प्रमुख यादवले भने, “भन्सारबाट कुनै सामान गायब भएको छैन् । बरु खुला आकाश मुनि राखेका कारण त्यसमा पाटपुर्जामा खिया लाग्ने जस्ता अन्य समस्या देखिएको भने छ ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *