कार्यालय प्रमुख नहुँदा सेवा निकै प्रभावित

शेयेर गर्नुहोस


टीकापुर २९ चैत /
लामो समयदेखि टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार बन्द भएपछि सेवाग्राहीहरु निकै मर्कामा परेका छन् ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतको सरुवा भएर उक्त स्थानमा मंगलबहादुर शाही आउने भनिए पनि हालसम्म कार्यालयमा हाजिर नहुँदा सेवा प्रवाहमा निकै समस्या देखिएको हो । बुधबार टीकापुरका निर्माण व्यवसायीहरुले आर्थिक कारोबार सञ्चालनमा ल्याउनुपर्ने भन्दै नगरपालिकामा विरोध नै गर्नुपर्यो । आर्थिक अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै हुने भएपछि महिनादेखि निर्माणको काम सम्पन्न भएर लेखामा फाइल पुग्दा पनि भुक्तानी नभएपछि निर्माण व्यवसायी आक्रोशित भएका छन् ।
“काम बैशाख मसान्तसम्म सम्पन्न गर्नुपर्ने भनेर नगरपालिकाले भन्ने, अनि सम्पन्न भएको कामक्प भुक्तानी दिन महिनौं लगाउने भएपछि हामीले समयमा काम कसरी सम्पन्न गर्न सक्छौं ।” निर्माण व्यवसायी ज्ञानेन्द्र शाहले भने, “महिना दिनभन्दा बढी समयदेखि हाम्रो भुक्तानीको फाइल लेखा शाखामा छ । त्यसको यथाशीघ्र भुक्तानीको व्यवस्था नगरपालिकाले गर्नुपर्छ । नभए नगरपालिकाको कामकाजमा समस्या आउनेगरी विरोधमा उत्रिनु पर्ला ।”
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले भने केही दिनमा प्रमुख प्रशासकीय अधिकृत आउने आश्वासन दिएका छन् । उनले एकाएक प्रमुखको सरुवा भएपछि त्यसको विकल्पमा आउन लागेका प्रमुख प्रशासकीय अधिकृतबाट यसभन्दा पहिले राम्रो साथ र नगरपालिकाको कार्यसम्पादनमा असहज भएको बताउँदै त्यसको विकल्प खोज्ने तिर छलफल भैरहेको बताए । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण आर्थिक वर्षको अन्तिम अन्तिममा सेवाग्राहीको काममा निकै समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *