शेयेर गर्नुहोस
समाधान समाचार,
भजनी ०२ असोज/दिगो बिकास समाज भजनीले कृषि एम्बुलेन्स बितरण गरेको छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपाल र दिगो बिकास समाज भजनीको साझेदारीमा सञ्चालित कृषि तथा आर्थिक बिकास परियोजना अन्तर्गत बजार ब्यबस्थापक समितिको मातहतमा रहेका चार जना कृषकहरुलाई कृषि एम्बुलेन्स बितरण गरिएको हो । भजनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष रबिन थापाको प्रमुख आतिथ्यमा कैलारी गाउँपालिका वडा नं. ८ प्रतापपुरका प्रेमकुमार चौधरी, घोडाघोडी नगरपालिका वडा नं. २ साँढेपानीका सानसुरज चौधरी, भजनी नगरपालिका वडा नं. २ का सन्तु चौधरी, टीकापुर नगरपालिका वडा नं. ८ सत्तीका कृष्णगोपाल चौधरी लगायत ४ जना कृषकहरुलाई एम्बुलेन्स प्रदान गरिएको हो ।
५ लाख ७० हजार लागतमा कृषि एम्बुलेन्स २० प्रतिशत कृषकको अनुदानमा बितरण गरिएको छ । कृषक समूहहरुले उत्पादन गरेका तरकारी तथा कृषि
सामग्री स्थानीय स्तरसम्म ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले कृषकहरुलाई कृषि एम्बुलेन्स बितरण गरिएको दिगो बिकास समाज भजनीका कृषि तथा आर्थिक बिकास परियोजनाका बजार सयोजक बिनोद शाहले जानकारी दिएका छन् ।
हाल यस परियोजनाले भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका लगायतका क्षेत्रमा रहेका विभिन्न कृषि उत्पादक समूहमा रहेर कार्य गर्दै आएको छ ।