केरा पकाउने च्याम्बरको अनुगमन

शेयेर गर्नुहोस


टीकापुर १९ असार/
टीकापुर नगरपालिका वडा नं. २ मा रहेकाे केरा पकाउने च्याम्बरकाे टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु लगायतको टाेलिले अनुगमन गरेकाे छ ।
साेमबार वडा नं. २ बन्दिपुरमा निर्माण सम्पन्न भएर केही समय सञ्चालनमा आएर बन्द अवस्थामा रहेको केरा पकाउने च्याम्वरकाे नगर प्रमुख थारु लगायत रानि, जमरा, कुलरिया सिँचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे टीमले अनुगमन गरेकाे हाे । रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे आर्थिक तथा प्राविधक सहयोगमा साे केरा पकाउने च्याम्वर निर्माण भएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा तीन कराेड ५६ लाख ३६ हजार दुई सय ३६ लागतमा बनेकाे केरा पकाउने च्याम्वर एक वर्षभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको छ । च्याम्वरलाई तत्काल संचालनमा ल्याउन नगर प्रमुख थारुले पहल थाल्ने बताएका छन् । नगर प्रमुख थारुले यस विषयमा थप छलफलका लागि सम्बन्धित निकाय, सराेकारवाला र रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाईकाे मंगलबार (आज) बैठक समेत बोलाएका छन् ।
बैठकमा केरा पकाउने च्याम्वरलाइ बैकल्पिक रुपमा कसरी संचालनमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *