कैलालीको चार पालिकामा आज सार्वजनिक बिदा

शेयेर गर्नुहोस


टीकापुर ०२ साउन /
कैलालीको टीकापुर, भजनी नगरपालिका र जानकी, जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्। कमैया मुक्ति दिवसको अवसरमा चारै पालिकाले आज स्थानीय बिदा दिएका हुन्।
मुक्त कमैयाले आज कमैया मुक्ति दिवस मनाउँदै छन्। नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *