शेयेर गर्नुहोस
भिम वि.क.÷ टीकापुर लामो समयदेखि लकडाउन भएका कारण खाद्यान्न भएका समस्या टीकापुरको दक्षिणीे नारायणपुर र धनसिंहपुरका भेगका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना रोकथामका लागि सामाजिक काममा अग्रसर रह“दै आएका किरण कडायतको टिमले टीकापुर नगरपालिका ६,७, ८ र ९ का खाद्य समस्या भएका परिवारलाई राहत वितरण गरेको हो । युवा समाजसेवी किरण कडायतको नेतृत्वमा खाद्यान्न सहयोग गरेका हुन । किरण भन्छन् देश तथा विदेशमा रहेका साथीहरु को सहयोगमा यो समभव भएको हो । हाल अमेरिका बस्दै विशाल विष्टको सहयोगमा मिलेर खाद्यान्न सहयोग गरेका हुन । उनीहरुले प्रति परिवार १ बोरा चामल(३०केजी), २ किलो दाल, नुन र तेल दिएका छन । लकडाउनका कारण खाद्यान्न भएका भएका विपन्न समुदायले खाद्यान्न सहयोगी प्रति अभाव प्रकट गरेका छन । राहत पाएका टीकापुर ७ खयरझालाका ७० वर्षे भक्तिराम चौधरीले गरिबका नाममा राजनीति गर्ने गरिबको नाम झजाएर कमाउधन्दा बनाउने व्यक्तिहरुले यो संकटको घडीमा उपेक्षा गरेपनि समाजसेवि युवाहरुबाट गा“स सहयोग गरेको बताए । एनजिओकर्मी थोरै सहयोग गरेर फोटो खिचाएर डलर पचाउने भन्दा, यि समाजसेवी युवाहरुले हामीलाई राहत दिदा फोटो खिचाएनन सहयोगी दाताहरुको लागी भनेर फोटो दिचाउने गरेको उनले बताए ।’ कोरोना कहरको बेला खाद्यान्न वितरण गर्दै आएका किरणले समुदायका परिवारमा खाद्यान्न संकट भएको खबर स्थानिय संचारकर्मी बाट थाहा पाए पछि साथीभाई मिलेर सक्दो सहयोग गरेको बताए । खाद्यान्न सहयोगको अभियान थालेको एक हप्ता बिचमा १३ घरपरिवार लाई सहयोग गरिसकिएको उनले बताए । देशविदेशमा रहेका सहयोगीदाताहरुको सहयोग बाट यो सम्भव भएको बताउ“दै अझै समुदायमा एकल महिला ,वृद्धवृद्धा र बालबालिकाहरुको स्थिति कठीन भएकोले अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । पछिल्लो समय उनी निस्वार्थ ढंगले सामाजिक अभियानमा लागेका किरणलाई उनका साथीभाइहरु उनलाई फेसबुकमा ब्रान्डिङ गरिरहेका छन्, प्रमोसन गरिरहेका छन्, घरघरमा खाद्यान्न सहयोग गर्ने हिरोका रुपमा ।