खडक चोकमा राखिएको नेपालको नक्साका दुई टुक्रा हुँदा पनि कसैको ध्यान पुगेन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ असार/
सामाजिक कार्यमा युवाहरूको लगाव निकै छ ।
समुदायको आवश्यकतालाई मनन गरेर आफ्नो क्षमताले भ्याएको गर्ने युवाहरूले गरेको कामको संरक्षण हुन नसक्दा कैयौं कामहरू बेवारिसे बन्दै गएका छन् । त्यसको उदाहरण बनेको छ टीकापुर खडक चोकमा रहेको नेपालको नक्सा । हावाहुरीका कारण युवा अभियान्ताहरुले चोकमा नेपाली झण्डा र नेपालको नक्सा लगाएका थिए । आफ्नै लगानिमा लगाइएको झण्डा जस्ताको तस्तै भएपनि नेपालको नक्साको दुई टुक्रा भएका छन् ।
चोकमा झण्डा र नेपालको नक्सा राख्न प्रयत्न गरेका सामाजिक अभियान्ता लोकबहादुर बुढाक्षेत्रीले एकले गरेको कामलाई अर्कोले साथ दिन नसक्दा समाजको सुधारका लागि हुनेगरेका प्रयत्नहरु सबै खेर जाने गरेको बताएका छन् । “हामीले सरकारी कार्यालय बाहिर च्यात्तिएर काम नलागेका झण्डा फेर्ने अभियान सुरु गर्यौं । खडक चोकमा झण्डा र नेपालको नक्सा राख्दा ब्याक्तिगत खर्चमा सबै काम भयो । आज सरकारी कार्यालय बाहिरका झण्डा च्यातिने अवस्थामा पुगेका छन् । नेपालको नक्सा दुई टुक्रा भैसक्यो ।” बुढाक्षेत्रीले भने, “आज करोडौं खर्च गर्ने सरकारले एउटा् झण्डा फेर्न नसक्नु, सामाजिक अभियान्ताले गरेका कामको संरक्षण गर्न नसक्नु जस्तो लज्जास्पद कुरा अरु के हुन सक्छ ?”
उनले आफुले गरेको कामको संरक्षण र सम्बर्द्धन आफै गर्नुपर्ने हो भने सरकारको औचित्य नरहने बताउँदै यथाशीघ्र खडक चोकमा राखिएको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने बताएका छन् । “खडक चोक टीकापुर प्रवेश गर्दा पहिलो नजर पुग्ने क्षेत्र हो । त्यसलाई राम्रो देखाउन सकेपछि समग्र टीकापुर राम्रो छ भन्ने सन्देश दिन सकिन्छ ।” बुढाक्षेत्रीले भने, “नेपालको नक्सामा रातिको समयमा लाइट समेत जडान गरिएकोले त्यसले झनै आकर्षण दिने गरेको बताउँदै टीकापुर नगरपालिकाले बनाउनु पर्ने र यदि बनाउन सक्दैन भने म पुनः नक्सा जडान गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *