खड्ग स्मृतिको प्रधानाध्यापकमा ओझा

शेयेर गर्नुहोस


टीकापुर १५ साउन /
टीकापुर नगरपालिका वडा नं.
१ स्थित खड्ग स्मृति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा झनकराज ओझा नियुक्त भएका छन् ।
टीकापुरकै एक अब्बल सामुदायिक बिधालयको रुपमा रहेको उक्त विद्यालयमा २०६० सालदेखि निरन्तर सहायक प्रधानाध्यापकको भुमिकामा रहेकाओझालाई विद्यालय व्यवस्थापन समितिले साउन १२ गतेबाट प्रधानाध्यापकमा नियुक्त गरेको हो । कक्षा १२ सम्मको अध्ययन अध्यापन भइरहेको विद्यालयमा दुई हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । उक्त विद्यालयमा ओझा २०५५ सालबाट निजी श्रोत निमावि शिक्षकका रुपमा नियुक्त भएका थिए भने २०६६ सालबाट माद्यामिक तहको राहत नेपाली विषयको शिक्षकमा नियुक्त भएका थिए ।
विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रधानाध्यापक ओझाको पदस्थापन गरेको हो । नवनियुक्त प्रधानाध्यापक ओझालाई निवर्तमान प्रधानाध्यापक केशरबहादुर रावलले निर्णय पुस्तिका, चाबी हस्तान्तरण गरेर पदस्थापन गरेका हुन् । निवर्तमान प्रधानाध्यापक रावल अनिवार्य अवकाश भएपछि व्यवस्थापन समितिले ओझालाई प्रधानाध्यापकमा नियुक्त गरेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कराज रेग्मीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै नयाँपन दिनेतर्फ प्रधानाध्यापक ओझाले ध्यान दिने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा निवर्तमान प्रधानाध्यापक केशरबहादुर रावल, शिक्षक अभिभावक संघका अध्यक्ष गोपालबहादुर थापा, विद्यालयका प्रावि तह प्रमुख हृदयराज रेग्मी लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *