खाजा खर्चबाट बाढी प्रभावितलाई सहयोग

शेयेर गर्नुहोस


भजनी १६ भदौ /
भजनि नगरपालिका वडा नं. ३ स्थित कल्पवृक्ष इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चको रकम बचत गरेर प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार काेषमा जम्मा गरेका छन् ।
साे विद्यालयका नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले रकम संकलन गरी बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई सहयोग गरेकाे बताएका छन् ।
विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचत गरी संकलन गरेको १० हजार ९ सय ४० रुपैयाँ यहि भदौ १० गते आएको बाढीबाट प्रभावित विद्यार्थी भाइबहिनीहरूको सहयोगका लागि प्रदान गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *