संघले बाढी प्रभावित क्षेत्रको लागि सहयोग गर्ने

शेयेर गर्नुहोस


टीकापुर १४ भदौ /
टीकापुर उद्योग वाणिज्य संघले रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै सहयोग रकम घोषणा गरेको छ ।
संघको आज आइतबार बसेको कार्य समिति बैठकले बाढी पिडितहरुको सहयोगका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष खड्काले आर्थिक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिए ।
संघले सरकारले बाढी पिडितहरुको व्यवस्थापन लगायतका क्षेत्रमा गरिरहेको पहलकदमीलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको बताएको छ । संघले विगतका समयमा समेत विभिन्न क्षेत्रमा आईपर्ने समस्यामा सहयोग गर्दै आईरहेको छ । संघले यसअघि नै बाढीले पुर्याएको क्षतिका बारेमा दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, घाईतेको उपचार सहित स्वास्थ्य लाभको कामना, बेपत्ताको खोजीका साथै घरबारबिहिनको बसोबासको व्यवस्थाको माग गरेको छ ।
भदौ १० गते अचानक आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ७ सय ३५ जनाको शव फेला परेको छ भने २ हजार चार सय ९८ जना भन्दा बढी बेपत्ता छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *